काठमाडौँ – नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षका रूपमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको नेतृत्व सुम्पने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गर्दै बोर्डलाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा राखेको छ।















