काठमाडौँ – कात्तिक महिनामा नेपालमा ६ लाख ६० हजार ६६५ बीमालेखका माध्यमबाट ७ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्जीवन बीमा भएको छ। बीमा प्राधिकरणका अनुसार यस अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरिएको छ।
हाल नेपालमा १४ निर्जीवन बीमा र ४ लघु बीमा कम्पनीहरू गरी १८ संस्थाहरू सक्रिय छन्। ती संस्थाले चार महिनामा १४ अर्ब ३५ करोड बीमाशुल्क संकलन गरेका छन्।
मुख्य योगदान मोटर बीमाले ४ अर्ब ५९ करोड, सम्पत्ति बीमाले ३ अर्ब ८४ करोड, इन्जिनियरिङ बीमाले १ अर्ब ८३ करोड, र विविध बीमाले १ अर्ब ६५ करोडको रहेको छ।















