Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अझै पनि महिला हिंसाको तथ्यांङ्क हेर्दा नेपालको ४०% हिंसाका घटना मधेश प्रदेशमा – जिबछी यादव (मधेश प्रदेश सभा सांसद)

अझै पनि महिला हिंसाको तथ्यांङ्क हेर्दा नेपालको ४०% हिंसाका घटना मधेश प्रदेशमा – जिबछी यादव (मधेश प्रदेश सभा सांसद)

सिरहा:महिला मानव अधिकार रक्षक संजाल सिरहाको वार्षिक साधारण सभा महिला मानव अधिकारकर्मीहरुको अवस्था, चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम उद्योग बाणिज्य संघ गोलबजारको सभाहलमा छलफलगरी सम्मपन्न भएको छ । उक्त कार्यक्रम मुक्ति नेपालको सहयोग र महिला मानव अधिकार रक्षक संजालको आयोजनामा, सिरहा जिलाका महिला मानव अधिकार रक्षक संजाल की सदस्यहरु, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिका साथै मधेश प्रदेश सभा सांसद जिबछि यादव र साहिदा खातुनको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक तथा मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराले महिला मानव अधिकार कर्मी र महिला मानव अधिकार रक्षकमा फरक छ भन्दै महिला अधिकारकर्मी जो कुनै फण्ड प्राप्त गरी महिलाको क्षेत्रमा काम गरी रहेको हुन्छ भने महिला अधिार रक्षक भनेको स्वयसेवी रुपमा महिलाको हक हीतमा काम गर्नेलाई भनिन्छ भनी प्रस्ट पार्दै १६ दिने अभियानको विषयमा विस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो । त्यस्तै महिला मानव अधिकार रक्षक संजालकी सदस्यले अधिकार कर्मीहरुको अवस्था को बारेमा बोल्दै रिक्मा बि.क.ले भन्नु भयो, महिला अधिकारको क्षेत्रमा हामी निः स्वार्थ भावले काम गरी रहेका हुन्छौ । हामी बाट कुनै महिलाले न्याय पाओस् भन्ने सोचका साथ अगाडी बढी रहेका हुन्छौ । हामीले गर्ने काममा पैसा हुदैन हाम्रो पहिचान बन्ने गर्छ तर कुनै केशहरुमा साथीहरुलाई फोन गर्दा आ आफ्नो कार्य व्यस्तताका कारण समय दीन गाह्रो हुने गर्छ । त्यस्तै खुश्बु ताजपुरीयाले भने हामीकहां आउने भनेको प्रभावित हरुनै हुन्छ र उनलाई न्याायका लागि पहल गार्दा हामीलाई पिडक पक्ष बाट धाक धम्की आउने गर्छन । हामी डर त्रासमा बाच्न बाध्य भएको अवस्था पनि श्रृजना हुने गरेको पाउछौं त्यसैले हाम्रो सुरक्षाका निम्ती प्रशासनिक निकाय जिम्मेवार हुनु पर्छ ।
कार्यक्रमको विशिष्ट अतिथि मधेश प्रदेश सभा सांसद माननिय जिबछी यादवले भन्नु भयो महिला अधिकार रक्षक भनेको कुनै पनि महिलाले अपठेरोमा पर्दा उनको लागि हामी छौं भनी साथ दीने र उनलाई न्यायमा पहुच बढाउन पहल गर्ने हो । नेपाल प्रहरी द्वारा र्साजनिक गरिएको महिला हिंसाका तथ्यांङ्क हेर्नेहो भने । नेपालमा हुने महिला हिंसाको घटना मध्ये ४० प्रतिशत घटना मधेशमा हुने गरेको तथ्याङ्कले देखाउछ । जो एकदमै डरलाग्दो र हिंसाको भयावह स्थिति देखिन्छ, यसलाई नकार्न सकिदैन यसरी हेर्दा प्रतेक २ महिलामा एक महिला हिंसा प्रभावित छन् भनी देखाउदछ । हामी महिला अधिकार रक्षक पनि कुनै न कुनै हिंसामा परि रहेकै हुन्छौं । त्यसैले नेपालको कानुन कार्यन्वयन गर्नु गराउनु जरुरी रहेको छ । कानुनको बारेमा हरेक नागरिक लाई चेतना जगाउनु पर्छ । त्यसका लागि कानुन सम्बन्धि चेतनामुलक कार्यक्रमहरु चलाउनु अति आवश्यक रहेको देखिन्छ बताउनु भयो ।
त्यस्तै मुक्ति नेपाल द्वारा गठीत नगर स्तरीय किशोरी संजाल संगको ३३ औं लैङ्गिक हिंसा विरुद्धको अभियान किन मनाईन्छ र कसरी मनाउन थालियो, साथै नेपालमा लैङ्गिक हिंसाको अवस्था विषयक अन्तक्रिया कार्यक्रम सम्मपन्न भएको छ । जसमा किशोरी हरुले आ आफ्नो समुदायमा भएको हिंसा सम्बन्धि घटना बारे चर्चा परिचर्चा गरी त्यस्ता घटनालाई निर्मुल पार्न के गर्न सकिन्छ विषयमा गहन छलफल गरेको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.