गोरखा।गोरखा नगरपालिका-५ को वडा अध्यक्ष उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन्। उनले ४८६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेलाई ८४ मतले पराजित गरे। आलेले ४०२ मत र एमालेकी दुर्गामाया राना थापाले ३४५ मत प्राप्त गरिन्।
कुल २,२२५ मतदातामध्ये १,३७३ मत खसेको थियो, जसमा १८ मत बदर भए। यसअघि वडा अध्यक्ष रहेका एमालेका खीलबहादुर रानामगरको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो।















