काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ६ समझदारी र ३ पत्र आदानप्रदान भएका छन्। प्रमुख समझदारीमा टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि, वसन्तपुर दरबार पुनर्निर्माण, बफेलो मासु निर्यात प्रोटोकल, चिनियाँ भाषा शिक्षक पठाउने सम्झौता, र आर्थिक–प्राविधिक सहयोग समावेश छन्।
बीआरआई परियोजनामा नेपालको प्रस्तावलाई चीनले सकारात्मक रूपमा लिएको छ भने अन्य विषय अध्ययनमा रहेको जनाएको छ। भ्रमणले पारवहन, व्यापार, र छिमेकीसँगको कनेक्टिभिटी सुधार्ने अपेक्षा गरिए पनि ठूलो आर्थिक उपलब्धि नदेखिएको भन्दै आलोचना भएको छ। कांग्रेसले बीआरआई ऋणप्रति असहमति जनाएको अवस्थामा, ओली नेतृत्वले अनुदान प्राथमिकता दिएको छ।















