Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मंगलबार १०८ कुण्डीय यज्ञसहित सम्पन्न हुने धार्मिक महोत्सव

मंगलबार १०८ कुण्डीय यज्ञसहित सम्पन्न हुने धार्मिक महोत्सव
ADVERTISEMENT

सिरहाको लहान नगरपालिका वडा नं. ७ मा मङ्गलबारदेखि श्री १०८ श्रीमद्भागवत महापुराण ज्ञान यज्ञकथा सुरु भएको छ। धार्मिक र सांस्कृतिक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको उद्घाटन झण्डै ६ सय श्रद्धालुको सहभागितामा भव्य कलश शोभायात्रा गर्दै गरिएको थियो।
कार्यक्रममा भारतको काशी बनारसबाट आएका बाबा श्री शिवांश महाराजले कथा वाचन गरिरहेका छन्। कथा वाचनसँगै झाँकी लिला प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको छ।
विश्व हिन्दू परिषद् नेपाल, जिल्ला कार्यसमिति सिरहाको सहआयोजनामा भइरहेको कार्यक्रममा सनातनी हिन्दू परिवार र स्थानीय संघसंस्थाको सक्रिय सहभागिता रहेको छ। परिषदका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद यादवले धार्मिक र सांस्कृतिक चेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए।
कार्यक्रम संयोजक तथा परिषदका कोषाध्यक्ष प्रियम रञ्जन उपाध्यायले यस यज्ञले समाजमा धार्मिक एकता कायम राख्न र संस्कृतिको संरक्षणमा योगदान गर्ने विश्वास व्यक्त गरे। जिल्ला सचिव डा. शिवदेव साहले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन्।
कार्यक्रममा सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राम शंकर यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहे। उनले धर्म र संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको भूमिकालाई महत्त्वपूर्ण ठहराउँदै भने, “नयाँ पुस्ताले धर्म र संस्कृतिप्रति चासो घटाइरहेको छ। यो प्रवृत्ति रोक्न हरेक पुस्ताले जिम्मेवारी लिनु आवश्यक छ।”
लहान क्षेत्रका मारवाडी समुदायका अगुवा प्रदीप गुप्ता र पवन मुन्द्रालगायत स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न धार्मिक संस्थाहरूको समर्थन कार्यक्रमप्रति देखिएको छ।
पौष १ गते सोमबारसम्म सञ्चालन हुने यस धार्मिक कार्यक्रम अन्तर्गत १०८ कुण्डीय जाप्य सम्पन्न हुनेछ। कार्यक्रममा समाज सुधारका सन्देश दिन विभिन्न प्रकारका झाँकी प्रदर्शन गरिएको छ। गोपाल रौनियार गुप्ताका अनुसार कथा र झाँकी हेर्न दैनिक हजारौं श्रद्धालु सहभागी भइरहेका छन्।
कार्यक्रम व्यवस्थापन टोलीका अनुसार यस धार्मिक अनुष्ठानले समाजमा रहेका कुरीतिहरू उन्मूलन गर्दै संस्कारयुक्त समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।धार्मिक कथा, झाँकी, र समाज सुधारका सन्देशमूलक गतिविधिले लहान क्षेत्र अहिले उत्सवमय बनेको छ। यो कार्यक्रमले स्थानीय तहमा मात्रै नभई राष्ट्रियस्तरमा समेत धार्मिक र सांस्कृतिक चेतना फैलाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.