काठमाडौं – बझाङको धमेनालाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस भूकम्पले आसपासका क्षेत्रमा सामान्य धक्का महसुस भएको छ।
यसअघि मंगलबार पनि सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। लगातार दुई दिन भूकम्पको धक्का महसुस हुँदा स्थानीयमा चिन्ता बढेको छ।
भूकम्पले कुनै भौतिक क्षति पुर्याएको खबर भने हालसम्म प्राप्त भएको छैन। भूकम्पीय गतिविधि बढ्दै गएपछि बझाङ र आसपासका बासिन्दालाई सचेत रहन तथा सम्भावित क्षतिलाई कम गर्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको थप विवरण र कारणबारे अध्ययन गरिरहेको जनाएको छ।














