काभ्रेपलाञ्चोक – खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा एक साताभित्र पुनर्निर्माण थाल्ने प्रक्रिया सुरु गरेको बताएका छन्।
धुलिखेलमा आयोजित ‘विपद् जोखिम, न्यूनीकरण र व्यवस्थापन’ सम्बन्धी कार्यशालामा बोल्दै मन्त्री यादवले असोजको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको विवरण स्थानीय र प्रदेश सरकारबाट प्राप्त भइसकेपछि गृह मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद्मा निर्णयका लागि पेश गरिएको जानकारी दिए।
खानेपानीको संरचनामा भएका क्षतिबारे स्थलगत निरीक्षण गरिसकेको उल्लेख गर्दै यादवले स्थानीय तहले जिम्मा लिन नसकेको अवस्थामा मन्त्रालयले पुनर्निर्माण गर्ने बताए।
कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले चिसोमा नागरिकले कष्ट झेल्नुपरेकाले पुनर्निर्माण कार्य छिटो सुरु गर्न माग गरे।















