Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेस आन्दोलनको योगदान र समानुपातिक प्रतिनिधित्वको माग

मधेस आन्दोलनको योगदान र समानुपातिक प्रतिनिधित्वको माग

महेश सिंह लहान – जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ३५ वर्षको कालखण्डमा कांग्रेस र एमालेले देशलाई बर्बादीको दिशामा पुर्‍याएको गम्भीर आरोप लगाएका छन्। सिरहाको लहानमा आयोजित चार महिने महाअभियान कार्यक्रमको समापन गर्दै यादवले युवाहरू देश छोड्न बाध्य हुनु र कृषि, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको कमजोर अवस्थालाई विगतका गलत नीतिहरूको परिणाम भने।
“करिब ७० लाख युवा-युवतीहरू विदेशमा ठक्कर खाइरहेका छन्। देशभित्र अवसर सिर्जना गर्नु त परको कुरा, यहाँ भ्रष्टाचार र लूटतन्त्र मात्रै फस्टाएको छ,” उनले टिप्पणी गरे।
कार्यक्रममा यादवले मधेस आन्दोलनले लोकतान्त्रिक व्यवस्था परिवर्तन गर्न योगदान दिएको उल्लेख गर्दै मधेसमा समानता र समावेशिताको अभाव अझै गम्भीर रहेको बताए। “मधेसको जनसंख्या ५४ प्रतिशत छ। यस्तो अवस्थामा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित नगर्ने हो भने देशमा लोकतन्त्रको अभ्यास हुन सक्दैन,” उनले भने।
उनले महिला, दलित, र पिछडिएका समुदायहरूका लागि छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्नेमा जोड दिए। “संबिधानमा परिवर्तन नगरी यो सम्भव छैन,” उनले भने।
नेपालमा १२५ वटा भाषा रहेको तथ्य औंल्याउँदै यादवले बहुभाषिक नीतिलाई सशक्त बनाउनुपर्ने धारणा राखे। “मधेस हजारौं वर्षदेखि स्वशासित रहेको क्षेत्र हो। यसको पहिचान र अधिकारलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं,” उनले भने।
३५ वर्षको राजनीतिक नेतृत्वको आलोचना गर्दै उनले भने, “यो देशमा ‘काले काले मिलके खाउ भाले’ भन्ने उखान चरितार्थ भएको छ। कांग्रेस र एमालेले देश चलाउन पूर्णतः असफलता बेहोरेका छन्।”
जसपा नेपालको चार महिने महाअभियान अन्तर्गत सिरहाको लहानमा आयोजित प्रशिक्षण तथा छलफल कार्यक्रममा पार्टीका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल, र जिल्ला अध्यक्ष अशोक यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा माननीय सञ्जिला यादव, सहिदा खातुन, राजकुमार गुप्ता, इन्जिनियर बैजनाथ साह, विजयकुमार यादवसहितका नेताहरूले पनि आफ्नो धारणा राखेका थिए।
पार्टीका नेता परियागलाल यादवले कार्यक्रमको उद्देश्य मधेसको हकहितका विषयमा पार्टीका कार्यकर्ताहरूलाई अभिमुखीकरण गर्नु रहेको बताए। यादवले परिवर्तनको लडाइँ अझै अधुरो रहेको भन्दै समानता, बराबरी, र स्वतन्त्रता बिना लोकतन्त्रको अभ्यास सम्भव नभएको धारणा व्यक्त गरे। “देशको विकासका लागि समतामूलक व्यवस्था अनिवार्य छ,” उनले भने। कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा सुरु भएको थियो।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.