Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सडक सुरक्षा र यातायात व्यवस्थापनमा प्रविधि प्रयोगको आवश्यकता

सडक सुरक्षा र यातायात व्यवस्थापनमा प्रविधि प्रयोगको आवश्यकता

काठमाडौँ, ७ पुस । सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसँग भएको छलफलमा उनीहरुले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सडक सुरक्षा सहज बनाउन सकिनेमा जोड दिए ।

त्यस अवसरमा मन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभइ सुरक्षाको विषयसमेत महत्त्वपूर्ण भएकाले मन्त्रालयले त्यसतर्फ पनि ध्यान दिएको बताउनुभयो । विभिन्न निकाय तथा विज्ञहरुसँग आवश्यक समन्वय गरी सडक सुरक्षालाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थापन तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानुनी तथा नीतिगत जटिलता भएमा त्यस्ता व्यवस्था सरल पार्न मन्त्रालय तत्पर रहेकोसमेत बताउनुभयो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

छलफलमा प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवं प्राज्ञिक निकायसँग सहकार्य गरी सडक सुरक्षा तथा यातायात व्यवस्थापनका क्षेत्रमा कार्य गर्न प्रतिष्ठान अग्रसर रहेको बताउनुभयो । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुङ्गेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठलगायत मन्त्रालयकै प्राविधिकसहित मन्त्री दाहालले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोगबारे छलफल गर्नुभएको हो ।

त्यस क्रममा विज्ञहरुले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवं कानुनी व्यवस्था सरल बनाई दिन आग्रह गरे ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.