Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

निजि स्वास्थ्य स्वास्थ्यकर्मीहरुका लागि आठदिने इम्प्लान्ट तालिम जनकपुरमा सुरु

निजि स्वास्थ्य स्वास्थ्यकर्मीहरुका लागि आठदिने इम्प्लान्ट तालिम जनकपुरमा सुरु
ADVERTISEMENT

जनकपुरधाम,८ गते ।धनुषाको जनकपुरमा ८ दिने निजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुका लागि इम्पलान्ट तालिम सोमबारदेखि सुरु भएको छ । प्रदेश स्वास्थ्य तालिम केन्द्र मधेश प्रदेशको समन्वयमा युएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाद्धारा संचालित उक्त आठदिने तालिममा मधेश प्रदेशका वारा,सर्लाही र रौतहटका निजि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु सहभागी भएका छन् । तालिमको सहजिकरण नेपाल परिवार नियोजन संघ धनुषा शाखाका गिता यादव र पुर्ण माया क्षेष्ठ गरिरहेको निजि क्षेत्र संलग्न अधिकृत अमरदीप साहले वताए ।
किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम मधेश प्रदेशको छ वटा जिल्लामा विगत दुई वर्षदेखि संचालन भइरहेको छ । उक्त परियोजनाले १० देखि १९ वर्ष उमेर समुहका किशोरकिशोरीहरुलाई केन्द्रविन्दुमा राखेर परियोजना संचालन भइहरेको परियोजनाका मधेश प्रदेश संयोजक विजय कुमार झाले वताए ।
आठदिने तालिमको उद्घाटन गर्दै संयोजक झाले भने किशोर किशोरीहरुको प्रजनन स्वास्थ्यमा सुधार ल्याउनका निम्त्ति सरकारी स्वास्थ्य संस्थामा मात्र निर्भर नभएर निजि स्वास्थ्य संस्थाबाट समेत परिवार योजना तथा परामर्शका क्रियाकलापहरु संचालन गर्नुपर्ने भएको हुँदा सो अनुसारको दक्ष जनशक्ति निजि क्षेत्रमा पनि आवश्यक रहेकोले परियोजनाले यो तालिम संचालन गरेको वताए ।
संयोजक झा का अनुसार मधेश प्रदेशमा व्याप्त रहेको वालविवाह र हानिकारक परम्परागत अभ्यासका कारण मधेशमा हिंसा,बाल मृत्युदर,मातृ मृत्युदर उच्च रहेकोले अहिले मधेश प्रदेशमा किशोर किशोरीहरुको प्रजनन स्वास्थ्यमा संक्रमणको दर उच्च रहेको हुदाँ परियोजनाले सर्वेक्षणको आधारमा मधेशका छ वटा जिल्लामा काम गरिरहेको वताए ।
परियोजनाले किशोरकिशोरी प्रजनन स्वास्थ्यमा सुधार गर्नका लागि युवाहरुको क्षमता विकास संगै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अह्म भुमिका खेल्नका लागि युवाहरुसंग कार्य गर्दै आइरहेको समेत वताए । त्यसैगरी परियोजनाले सरकारी स्वास्थ्य संस्थाहरुबा प्रवाह भइरहेको स्वास्थ्य सेवाको अवस्था सरकारले जारी गरेको निर्देशिका अनुसार भएनभएको अवस्था विश्लेषण गर्नका लागि परियोजना संचालित जिल्लाका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको निम्त्ति समेत कार्य गरिरहेको वताए ।
त्यसैगरी परियोजनाले निजि स्वास्थ्य संस्थाहरुले प्रवाह गरेको सेवाको गुणस्तर मापन गरी सरकारको मापदण्ड अनुसारको सेवा प्रवाहका लागि क्षमता विकाससंगै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रवाहको वातारण वनाउने कार्य गरिरहेको वताए । मधेश प्रदेशको धनुषा,महोत्तरी,सर्लाही,रौतहट,वारा र पर्सा जिल्लाको ४१ वटा नगरपालिका तथा गाउँपालिकामा संचालन गरिरहेको छ । पञ्चवर्षिय परियोजनाले पालिकाको निति तथा कार्यविधि तथा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था वनाउनका लागि कार्य गर्दै आइरहेको संयोजक झाले वताए ।
परियोजनाले हानिकार परम्परागत अभ्यास तथा सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु संचालन गरिरहेको समेत वताए । समुदाय स्तरमा विभिन्न समुदायमा रहेको समस्याको विश्लेषण गरी समस्या समाधान गर्नका लागि समुहहरुमा सत्र संचालन गरी समाजमा रहेको व्यायवधानहरुलाई न्युनिकरण गर्नका परियोजनाले कार्य गरिरहेको वताए ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.