Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

धनगढीमाईमा विद्यार्थी प्रतिभाको प्रदर्शन, विजेतालाई छात्रवृत्तिको अवसर

धनगढीमाईमा विद्यार्थी प्रतिभाको प्रदर्शन, विजेतालाई छात्रवृत्तिको अवसर

महेश सिंह लहान – धनगढीमाई नगरपालिका-७ स्थित श्रमजिवी अस्पतालको प्राङ्गणमा मंगलबार नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टर प्रा.लि., लहानको आयोजनामा,धनगढीमाई नगरपालिकाको समन्वय र अर्किड पब्लिक सेकेन्डरी स्कूलको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता टाइम्स इन्स्टिच्युटका संस्थापक भोलाजित नेपालले गर्नुभयो। प्रमुख अतिथिका रूपमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा अर्किड कलेजका प्रिन्सिपल सिएम श्रेष्ठ, श्रमजिवी अस्पतालका सञ्चालक पञ्चलाल महतो, अर्किड कलेजका निर्देशक दीपेश बास्तोला र शिक्षा शाखा प्रमुख सावित्री कुमारी साह सहभागी हुनुहुन्थ्यो।
प्रतियोगितामा नगरका १४ विद्यालय (६ निजी र ८ सामुदायिक)का विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा सुनगाभा स्कूल प्रथम, सगरमाथा प्राज्ञ पीठ दोस्रो र विश्व शान्ति स्कूल, जिरोमाइल तेस्रो स्थानमा रहे। विजयी विद्यालयहरूलाई शिल्ड, प्रमाणपत्र र छात्रवृत्ति प्रदान गरिएको छ।
अर्किड कलेजले विजेताहरूलाई छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। पहिलो स्थान प्राप्त विद्यार्थीलाई ८० प्रतिशत, दोस्रो स्थानलाई ७० प्रतिशत र तेस्रो स्थानलाई ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिनुभयो। कलेजले प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई करिब २२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा करिब एक हजार दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। शिक्षा शाखा प्रमुख सावित्री कुमारी साहले यस्ता प्रतियोगिताले विद्यार्थीलाई अध्ययनमा प्रेरणा दिने र भविष्यमा सरकारी सेवामा उच्च स्थान हासिल गर्न मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजक संस्थाका संस्थापक भोलाजित नेपालले प्रतियोगिताले निजी र सामुदायिक विद्यालयहरूबीच समन्वय र सहकार्यको भावना विकास गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो।
प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.