Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेकपा (एमाले) को सचिवालय बैठक बुधबार बस्दै, केन्द्रीय कमिटी बैठकको तयारी

नेकपा (एमाले) को सचिवालय बैठक बुधबार बस्दै, केन्द्रीय कमिटी बैठकको तयारी

काठमाडौं ।नेकपा (एमाले) को सचिवालय बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार यो बैठकले केन्द्रीय कमिटी बैठक बोलाउनेछ। बैठकमा केन्द्रीय कमिटीको कार्यसूची तय गरिने बताइएको छ।

पार्टीले पुस महिनाभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, सरकारको कामको मूल्यांकन, र सांगठनिक कामको समीक्षा गरिनेछ।

मंसिर १६ गते ४४ स्थानमा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमालेले सन्तोषजनक परिणाम हासिल गर्न नसकेको प्रारम्भिक विश्लेषण छ। पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो। यस क्रममा सात पुराना वडामा पुनः चुनाव भएकामा केवल दैलेखको दुल्लु नगरपालिका–१३ मा मात्र एमालेले जित जोगाउन सकेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

यद्यपि, पार्टीले नयाँ पाँच वडामा जित हात पारेको छ। दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका, र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा एमाले विजयी भएको छ।

पार्टीले सहरी क्षेत्रमा मताधार कमजोर हुनुको गम्भीर समीक्षा गरेको छ। विशेषगरी, काठमाडौं र कीर्तिपुरमा पार्टीको अपेक्षाकृत प्रदर्शन गर्न नसक्नुले नेतृत्वलाई चुनौती थपेको छ।

एमालेले मंसिर मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। तर, तोकिएको समयसीमा सकिँदा पनि कोशी प्रदेशको मोरङ, मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, र सुदूरपश्चिम प्रदेशको अछाममा अधिवेशन सम्पन्न हुन बाँकी छ।

ADVERTISEMENT

पार्टीका ७७ भूगोल र ४ विशेष जिल्ला कमिटीमध्ये पाँच जिल्लामा अधिवेशन सम्पन्न गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन आयोग प्रमुख विजय सुब्बाले जनाएका छन्।

पार्टीको वार्षिक कार्ययोजना अनुसार काम भए–नभएको र सरकारले गरेका कामहरूको समीक्षा पनि केन्द्रीय कमिटी बैठकमा गरिनेछ। पार्टीले पुसभित्र समग्र रणनीतिक योजना तय गर्दै संगठनलाई थप सुदृढ गर्ने लक्ष्य लिएको छ।

पछिल्लो समय, मंसिर १६ को उपनिर्वाचन र सहरी क्षेत्रमा कमजोर प्रदर्शनले पार्टीलाई गम्भीर बनाएको छ। यसका साथै, ६ महिना पहिले प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यप्रदर्शनबारे पनि छलफल हुने बताइएको छ।

एमालेले पार्टीको सांगठनिक सुदृढीकरण र राजनीतिक परिस्थितिको गहिरो समीक्षा गर्दै आगामी रणनीति तयार गर्ने संकेत दिएको छ। आगामी केन्द्रीय कमिटी बैठक पार्टीका लागि महत्वपूर्ण निर्णयको थलो बन्ने अपेक्षा गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.