काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर रु. १३६.५६ र बिक्रीदर रु. १३७.१६ तोकिएको छ। युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर लगायत धेरै मुद्राको मूल्यमा वृद्धि भएको छ।
युरोपियन युरोको खरिददर रु. १४२.६७ र बिक्रीदर रु. १४३.३० छ भने पाउण्ड स्टर्लिङको खरिददर रु. १७२.०९ र बिक्रीदर रु. १७२.८४ कायम छ। जापानी येन १० को खरिददर रु. ८.६६ र बिक्रीदर रु. ८.७० छ। चिनियाँ युआनको खरिददर रु. १८.७१ र बिक्रीदर रु. १८.७९ तोकिएको छ।
त्यस्तै, कुवेती दिनारको खरिददर रु. ४४३.३० र बिक्रीदर रु. ४४५.२५ तथा भारतीय रुपैयाँ १०० को खरिददर रु. १६०.०० र बिक्रीदर रु. १६०.१५ कायम गरिएको छ।
विनिमय दरमा आवश्यक परे संशोधन गर्न सकिने र वाणिज्य बैंकको दर फरक हुन सक्ने जनाइएको छ। अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिनेछ।















