लहान ।सिराहा जिल्लाको लहान नगरपालिका तथा मधेश प्रदेशका विभिन्न स्थानमा आज बिहान ६ बजेर ५१ मिनेट र केही सेकेन्डमा भूकम्पको धक्का महसुस गरिएको छ। तराई–मधेशको राजधानी जनकपुरसहित आसपासका क्षेत्रहरूमा भूकम्पको झट्का महसुस भएपछि स्थानीयवासी त्रसित बनेका छन्।
भूकम्पको धक्का महसुस हुनेबित्तिकै मानिसहरू घरबाट बाहिर निस्केर सुरक्षित स्थानमा पुगेका थिए। अहिले सम्म कुनै ठूला क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन।














