लहान। सिरहाको गोलबजार नगरपालिका-११, मैनाबत्ती खोलामा आयोजित भब्री मेलामा सोमबार साँझ दुई युवक पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ परेकामा गोलबजार-१२, बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र विष्णु महतो रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
मेलामा युवाहरूको दुई समूहबीच विवाद भएपछि इलाका प्रहरी कार्यालय, गोलबजारको टोली घटनास्थल पुगेको थियो। साँझ साढे ८ बजेतिर जाँच गर्दा उनीहरूको साथबाट पेस्तोल बरामद भएको हो।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, दुवैलाई हातहतियारसम्बन्धी कसुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
















