नयाँ दिल्ली :भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा ९ वर्षीया बालिकाको पेटबाट डाक्टरहरूले १ किलोको कपालको डल्लो सफलतापूर्वक शल्यक्रिया गरी निकालेका छन्। बालिकालाई तीन वर्षको उमेरदेखि कपाल टिपेर खाने बानी थियो, जसले गर्दा उनको पेटमा कपालको ठूलो गाँठो बनेको थियो।
पछिल्ला दिनमा पेट दुख्ने समस्या बढेपछि बालिकालाई अस्पताल लगिएको थियो। शल्यक्रियापछि डाक्टरले बालिकालाई मानसिक रोग ट्राइकोटिलोमेनिया भएको र यो कारणले ट्राइकोबेजोर नामक रोग उत्पन्न भएको बताएका छन्। यो रोगमा मानिसले कपाल उखेलेर खाने बानी विकास गर्छन्, जसले पेटमा कपालको डल्लो बनाउँछ।
हाल बालिकाको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ।















