लहान ।सिरहा जिल्लाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी लहान–११, पडरीया गाउँमा स्थानीय बासिन्दाका लागि कम्बल बाँड्न पुगेका थिए। तर, किसान संघर्ष समितिलाई यसको जानकारी भएपछि समितिले सोही स्थानमा पुग्ने निर्णय गरेको थियो।
संघर्ष समितिको कदम थाहा पाउनेबित्तिकै मेयर चौधरी कम्बल छोडेर स्थानबाट फरार भएका छन्। संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले मेयरको भाग्ने विषयमा प्रतिक्रिया दिँदै,गाउँवासीका लागि ल्याइएको कम्बल समितिले सुरक्षित रूपमा बाँडेको छ, भने।
घटनापछि किसान संघर्ष समितिले गाउँवासीसँग संवाद गर्दै मेयरको गतिविधिप्रति विरोध जनाएका छन्। कम्बल बाँड्ने विषय स्थानीयबासीका लागि राहत हुने भए पनि राजनीतिक कारणले यसलाई विवादित बनाइएको भन्दै समितिले असन्तोष व्यक्त गरेको छ।















