काठमाडौं।प्रहरी प्रधान कार्यालयले संगठनात्मक संरचनालाई सुदृढ बनाउन १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। यस अन्तर्गत काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्म नयाँ एसपीहरूको जिम्मेवारी तोकिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरमा अपिल राज बोहरालाई जिम्मा दिइएको छ, जसले राजधानीको सुरक्षा व्यवस्थालाई नयाँ दृष्टिकोणले अघि बढाउने अपेक्षा गरिएको छ। ललितपुरमा नरहरी रेग्मीलाई सरुवा गरिएको छ, भने बारामा सन्तोष तामाङ प्रमुखका रूपमा खटिएका छन्।
















