काठमाडौँ ।सत्तारूढ नेकपा (एमाले) संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तयारी गरिएको छ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा संसद्को आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन आवश्यक रणनीतिका विषयमा छलफल हुनेछ। बैठकमा सरकारद्वारा जारी अध्यादेशको प्रतिरक्षा गर्ने विषयमा सांसदहरूलाई निर्देशन दिने तयारी गरिएको छ।
माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन प्रमुख प्रतिपक्षी दलहरूले पनि सरकारलाई कडा चुनौती दिनसक्ने आकलन गरिएको छ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ दलले संसद्मा सरकारको कदमविरुद्ध आवाज उठाउने तयारी गरेका छन्।















