काठमाडौँ, १२ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन्।
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सव अवसरमा आयोजित युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन आएको टोलीलाई बालुवाटारमा प्रधानमन्त्रीले स्वागत गरे। उनले यस्ता कार्यक्रमले मित्रराष्ट्रबीच सम्बन्ध मजबुत बनाउने, संस्कृति र परम्पराको आदान–प्रदान गर्ने अवसर प्रदान गर्ने बताउनुभयो।
३४ सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा फागुन ९ गते नेपाल आएको हो। भेटमा नेपाली राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकालसहित मित्रराष्ट्रका उच्च अधिकारीहरूको उपस्थिति थियो।















