Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

निर्माण कम्पनी र नगरपालिकामाथि षड्यन्त्रको आरोप : आन्दोलनको चेतावनी

निर्माण कम्पनी र नगरपालिकामाथि षड्यन्त्रको आरोप : आन्दोलनको चेतावनी

सहिद स्मारक व्यवस्थापनमा लापरबाही आरोप
लहानमा जसपाको कडा असन्तोष
सडक विस्तारमा स्मारक जोगाउन दबाब
सम्पूर्ण मधेशी समुदायलाई एकताको आह्वान
माग नमानिए आन्दोलन चर्काउने चेतावनी

महेश सिंह लहान –पूर्व पश्चिम लोकमार्ग विस्तारको क्रममा लहानस्थित सहिद स्मारक व्यवस्थापनमा ढिलाइ र कथित षड्यन्त्रप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले आपत्ति जनाएको छ। पार्टीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सडक निर्माण कम्पनी, लहान नगरपालिका र केही राजनीतिक नेतृत्वहरूलाई स्मारक सम्बन्धी छलफलका निर्णयहरू अवमूल्यन गर्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाएको हो।
“मधेश आन्दोलनका सहिदहरूको सम्मान र पहिचानको प्रतीक स्वरूप रहेको स्मारकको उचित व्यवस्थापन नहुनु दु:खद कुरा हो,” जसपा लहान नगर कार्य समितिका अध्यक्ष राम उदगार महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनले सडक निर्माणका क्रममा सहिद स्मारक हालको स्थानमै जोगाएर निर्माण कार्य अघि बढाउन माग गरेका छन्।
दुई वर्षअगाडि देखि सर्वपक्षीय छलफलमार्फत निर्णय गरिए पनि अहिलेसम्म स्मारक व्यवस्थापनमा ठोस पहल नदेखिएको जसपाको आरोप छ। विज्ञप्तिमा स्मारक स्थानान्तरणका प्रयासप्रति कडा असन्तोष प्रकट गर्दै महतोले भनेका छन्, “यदि हाम्रो माग बेवास्ता गरियो भने, जसपा बाध्य भएर स्वभिमान आन्दोलनमा उत्रन सक्छ।”
पार्टीले लहानवासी, राजनीतिक दल, संघसंस्था, बुद्धिजीवी, युवा तथा किसानहरूलाई सहिद स्मारक रक्षा गर्न एकताबद्ध हुन आह्वान गरेको छ। जसपाले आन्दोलनबाट उत्पन्न कुनै पनि परिस्थितिको जिम्मेवारी नेपाल सरकार र निर्माण कम्पनीले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
लहानस्थित स्मारकमा रमेश महतो, बेचन यादव, मो. अतिस अनसारी, विजय सहनी र प्रमोद सदायसहितका पाँच मधेश आन्दोलनका सहिदहरूका स्मृति अङ्कित छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.