Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

धनगढीमाई ३ मा स्थानीय संस्कृतिको जगेर्ना गर्दै राजदेवी माता महोत्सव भब्य हुने

धनगढीमाई ३ मा स्थानीय संस्कृतिको जगेर्ना गर्दै राजदेवी माता महोत्सव भब्य हुने

महेश सिंह सिरहा- सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–३, रुपनगरस्थित हनुमाननगरमा रहेको श्री राजदेवी माता पर्यटक प्रवद्र्धन विकास केन्द्रद्वारा आयोजना गरिएको विशेष धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न हुँदैछ।
चिरकाल सालदेखि नियमित रूपमा आयोजना हुँदै आएको यो धार्मिक उत्सव यसपालि अझ भव्य बनाइएको आयोजक समितिले जनाएको छ। बैशाख २७ गते शनिबार बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम अन्तर्गत कलश यात्रा, अष्टजाम, कुमारी भोज, माता पूजा र महाआरती गरिने भएको पुजारी श्याम कुमारी कामैत र श्याम कुमार रायले जनाए। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ र समितिले सम्पूर्ण भक्तजनलाई उपस्थितिका लागि हार्दिक निम्तो दिएको छ।

कार्यक्रमहरू यस प्रकार रहनेछन् कलश यात्रा: बैशाख २७ गते बिहान १०:०० बजे,अष्टजाम: बैशाख २७ गते दिउँसो १:०० बजे,कुमारी भोज: बैशाख २७ गते साँझ ७:०० बजे पूजाआर्जना र महाआरती: बैशाख २८ गते बिहान १०:०० बजे राजदेवी माता पर्यटक प्रवद्र्धन विकास केन्द्रका अध्यक्ष रामकुमार साहका अनुसार,“हामीले धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय संस्कृति संरक्षणका लागि यो कार्यक्रम गर्दै आएका छौं। यसपालि कार्यक्रममा स्थानीय मात्र नभई सिरहा जिल्लाका विभिन्न स्थान, सर्लाही, महोत्तरी, धनुषा ,सप्तरी र भारतका श्रद्धालुहरूको ठूलो सहभागिता रहने राजदेवी माता पर्यटक प्रवद्वन बिकास केन्द्रका अध्यक्ष प्रभास कुमार रायले जनाए ।” उक्त राजदेवी मातालाई भाकल गर्दा मनोकान्छा पुरा हुने ठुलो जनबिश्वास रहेको राम पुजारी श्याम कुमार राय र स्थानीय राम स्वरुप सदाले बताए।

स्थानिय व्यवसायी र पर्यटन विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागिताका लागि महिलादेखि वृद्धवृद्धा र बालबालिकासम्म उत्साहित देखिएका छन्। आयोजकले धार्मिक क्षेत्रको सफाइ, स्वास्थ्य सुरक्षाको उपाय र यात्रुको व्यवस्थापनका लागि विशेष टोली परिचालन गरेको बिकास केन्द्रका सल्लाहकार धिरेन्द्र कुमार कर्णले जनाएको छ।
राजदेवी माता मन्दिर स्थानीयहरूको विश्वास र श्रद्धाको केन्द्र हो। प्रत्येक वर्ष यहाँ चैत र बैशाख महिनामा विशेष पूजाआजा र मेला लाग्ने गर्दछ। यस मन्दिरलाई धार्मिक पर्यटक गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र केन्द्रले समेत सहयोग गर्नुपर्ने माग यहाँका भक्तजनहरूले राख्दै आएका छन्। उक्त बिकास केन्द्रको समितिमा प्रभास कुमार राय लगायत १३ सदस्य समिति रहेका छन भने सल्लाहकार संयोजक सुर्य नारायण सिंह, धिरेन्द्र कुमार कर्ण राधाकान्त झा,छेदी लाल चौधरी, राम पुजन साह लगायत वरिष्ठ ब्यक्तीहरु उक्त बिकास केन्द्रका सल्लाहकार रहेका छन्।
कार्यक्रम सफल बनाउन स्थानीय युवाहरू, महिला समूह, सुरक्षा निकाय र सामुदायिक संस्थाहरू समेत जुटेका छन्। आयोजक समितिका मेला संयोजक दीपक साहले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन र राजदेवी माताको आशीर्वाद प्राप्त गर्न अनुरोध गरेका छन्।
प्रत्येक बर्ष चणडि पुर्णिामाको दिन बिशाल भब्य मेला लागेन गरेको छ।मेला संस्कृति कार्यक्रम झुलाको समेत आयोजना गरेको आयोजक समितिका सचिबले जनाए। मन्दिर बिकासमा स्तरीय सरकारको कार्य फित्लो देखिएको स्थानीयको आरोप छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...