Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीमा मिटर ब्याज पीडितको आवाज बुलन्द गर्न नयाँ कार्यसमिति अध्यक्षमा विरेन्द्र कुमार सिंह चयन,

सप्तरीमा मिटर ब्याज पीडितको आवाज बुलन्द गर्न नयाँ कार्यसमिति अध्यक्षमा विरेन्द्र कुमार सिंह चयन,

महेश सिंह सिरहा लहान- मिटर ब्याजको दलदलमा फसेका किसान तथा मजदुरहरूलाई न्याय दिलाउने उद्देश्यसहित ‘मिटर ब्याजी किसान मजदुर आन्दोलन नेपाल’ को सप्तरी जिल्ला समिति गठन गरिएको छ। आइतवार, असार ८ गते सम्पन्न एक विशेष अधिवेशनमार्फत विरेन्द्र कुमार सिंहलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।
समितिको संरचना किसान र मजदुरहरूको प्रतिनिधित्व हुनेगरी व्यापक बनाइएको छ। उपाध्यक्षमा मिश्रिलाल मण्डल, सचिवमा विजय कुमार चौधरी, सहसचिवमा जयकान्त यादव तथा कोषाध्यक्षमा रम्भा देवी चौधरी चयन भएका छन्।
संगठनका सप्तरी जिल्ला इञ्चार्ज तैयब अलीका अनुसार, “जिल्ला भरीका सम्पूर्ण मिटर ब्याज पीडितहरूलाई एकताबद्ध गरी लामो समयदेखि अन्यायमा परेको वर्गलाई राहत दिलाउने उद्देश्यका साथ यो संघर्ष समिति निर्माण गरिएको हो।” उनले अवैध रूपमा अत्यधिक ब्याज असुल गर्ने साहु-महाजनहरूको विरुद्धमा कानुनी र सामाजिक दुवै किसिमका दबाब सिर्जना गरिने स्पष्ट पारे।
“सम्पूर्ण मिटर ब्याजी एक हौँ, मिटर ब्याजी साहु-महाजनलाई कारबाही गर, उचित ब्याज व्यवस्थापन गर” भन्ने मूल नारासहित समिति गठन गरिएको छ।
जिल्ला सचिव विजय चौधरीका अनुसार संघर्ष समितिको मुख्य ध्यान निम्न विषयहरूमा केन्द्रित रहने छ।मिटर ब्याज पीडितको उजुरी संकलन र डकुमेन्टेसन
स्थानीय र प्रदेश सरकारसँग संवाद गरी राहत तथा क्षतिपूर्ति सुनिश्चित गर्ने पीडितहरूलाई मानसिक, सामाजिक र आर्थिक सहयोग प्रदान गर्ने मिथिला कमान्डका प्रतिनिधि सुर्ज मण्डलले पनि संघर्ष समितिको कार्यलाई समर्थन जनाउँदै भने, “पीडित किसान-मजदुरको पक्षमा आवाज उठाउनु अहिलेको अत्यावश्यकता हो। समितिको अभियानमा हामी निरन्तर साथ दिनेछौं।”
सप्तरी लगायत मधेशका विभिन्न जिल्लामा मिटर ब्याजको समस्या दीर्घकालदेखि जरो गाडेर बसेको छ। साहु-महाजनबाट लिएको न्यूनतम ऋणसमेत अत्यधिक ब्याजका कारण दशकौंसम्म फिर्ता गर्न नसक्ने अवस्थाले हजारौं किसानहरू जीवन भर ऋणमा बाँधिएका छन्। यही समस्याको स्थायी समाधानका लागि यस्तो संगठन र समिति आवश्यक रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।
यस समितिको गठनले मिटर ब्याज पीडितका आवाजलाई एकसंगठित र सशक्त बनाउने अपेक्षा गरिएको छ। अब किसान र मजदुरहरू सहन होइन, लड्नको लागि अघि बढिरहेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.