Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शिक्षामन्त्री पुनको अबदेखि मन्त्रालयमै बास

शिक्षामन्त्री पुनको अबदेखि मन्त्रालयमै बास

काठमाडौं।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार सम्हाल्नेबित्तिकै अनौठो शैलीमा काम सुरु गर्नुभएको छ। उहाँले विज्ञान, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्सलगायत क्षेत्रमा सुझाव दिन चार सल्लाहकार समिति गठन गर्ने पहिलो निर्णय गर्नुभएको हो।

विज्ञान सचिव विश्वबाबु पुडासैनीले तयार पारेको टिप्पणीमा हस्ताक्षर गर्दै गरिएको सो निर्णयका आधारमा समितिको प्रतिवेदनअनुसार कार्ययोजना तयार गरी कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ।

शपथपछि पत्रकारसँग कुरा गर्दै मन्त्री पुनले आफू “अपर्झट मन्त्री” भएको उल्लेख गर्दै सेवा–सुविधाभन्दा काममा जोड दिने बताउनुभयो। उहाँले हाँस्य शैलीमा भन्नुभयो–
“म मन्त्रालयमै ओच्छ्यान लगाएर सुत्छु, यहीँ बस्छु, यहीँ पकाएर खान्छु, काम गर्न आएको हुँ।”

ADVERTISEMENT
ADVERTISEMENT

शिक्षा क्षेत्रमा तत्काल सुधारका ठूला घोषणा गर्नुभन्दा अध्ययनपछि मात्र बोल्ने बताउँदै उहाँले विज्ञान मन्त्री हुने अपेक्षा भए पनि शिक्षा टुक्र्याउन नमिल्ने भएकाले दुबै जिम्मेवारी लिएको स्पष्ट पार्नुभयो।

जेन–जी आन्दोलनका क्रममा सिंहदरबारस्थित शिक्षा मन्त्रालय क्षतिग्रस्त भएपछि उहाँको कार्यकक्ष हाल केशरमहलमा तयार गरिएको छ।

पदभार ग्रहण गर्दै सोमबार बिहान सामाजिक सञ्जालमार्फत उहाँले असामान्य घोषणा गर्नुभएको थियो–
“बधाई दिन खादा–माला लिएर नआउनुहोस्, बरु ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया भए मेरो ह्वाट्सएपमा पठाउनुहोस्। मलाई मन्त्री नभन्नुहोस्, भने कवाडी वैज्ञानिक भन्नुहोस्।”

ADVERTISEMENT

सो घोषणाले मन्त्रालयका कर्मचारीलाई अचम्ममा पारेको छ। कसरी सम्बोधन गर्ने भन्ने दोधार उनीहरूमा देखिएको छ।

सादा जीवन र उच्च विचारका अभियन्ता पुनले विगतमा आविष्कार केन्द्रलाई आर्थिक सहयोग जुटाउन गाउँ–गाउँमा घुम्दै किताब बेचेका थिए। उहाँको पुस्तक “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” को हालसम्म २ लाख ४० हजारभन्दा बढी प्रतिलिपि बिक्री भइसकेको छ।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका मन्त्री पुनले गाउँ–गाउँमा ताररहित इन्टरनेट सेवा पुर्याउनेदेखि नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिएका छन्। सन् २००७ मा उहाँले एसियाली नोबल मानिने म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.