Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शिक्षामन्त्री पुनको अबदेखि मन्त्रालयमै बास

शिक्षामन्त्री पुनको अबदेखि मन्त्रालयमै बास

काठमाडौं।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार सम्हाल्नेबित्तिकै अनौठो शैलीमा काम सुरु गर्नुभएको छ। उहाँले विज्ञान, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्सलगायत क्षेत्रमा सुझाव दिन चार सल्लाहकार समिति गठन गर्ने पहिलो निर्णय गर्नुभएको हो।

विज्ञान सचिव विश्वबाबु पुडासैनीले तयार पारेको टिप्पणीमा हस्ताक्षर गर्दै गरिएको सो निर्णयका आधारमा समितिको प्रतिवेदनअनुसार कार्ययोजना तयार गरी कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ।

शपथपछि पत्रकारसँग कुरा गर्दै मन्त्री पुनले आफू “अपर्झट मन्त्री” भएको उल्लेख गर्दै सेवा–सुविधाभन्दा काममा जोड दिने बताउनुभयो। उहाँले हाँस्य शैलीमा भन्नुभयो–
“म मन्त्रालयमै ओच्छ्यान लगाएर सुत्छु, यहीँ बस्छु, यहीँ पकाएर खान्छु, काम गर्न आएको हुँ।”

ADVERTISEMENT
ADVERTISEMENT

शिक्षा क्षेत्रमा तत्काल सुधारका ठूला घोषणा गर्नुभन्दा अध्ययनपछि मात्र बोल्ने बताउँदै उहाँले विज्ञान मन्त्री हुने अपेक्षा भए पनि शिक्षा टुक्र्याउन नमिल्ने भएकाले दुबै जिम्मेवारी लिएको स्पष्ट पार्नुभयो।

ADVERTISEMENT

जेन–जी आन्दोलनका क्रममा सिंहदरबारस्थित शिक्षा मन्त्रालय क्षतिग्रस्त भएपछि उहाँको कार्यकक्ष हाल केशरमहलमा तयार गरिएको छ।

पदभार ग्रहण गर्दै सोमबार बिहान सामाजिक सञ्जालमार्फत उहाँले असामान्य घोषणा गर्नुभएको थियो–
“बधाई दिन खादा–माला लिएर नआउनुहोस्, बरु ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया भए मेरो ह्वाट्सएपमा पठाउनुहोस्। मलाई मन्त्री नभन्नुहोस्, भने कवाडी वैज्ञानिक भन्नुहोस्।”

सो घोषणाले मन्त्रालयका कर्मचारीलाई अचम्ममा पारेको छ। कसरी सम्बोधन गर्ने भन्ने दोधार उनीहरूमा देखिएको छ।

सादा जीवन र उच्च विचारका अभियन्ता पुनले विगतमा आविष्कार केन्द्रलाई आर्थिक सहयोग जुटाउन गाउँ–गाउँमा घुम्दै किताब बेचेका थिए। उहाँको पुस्तक “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” को हालसम्म २ लाख ४० हजारभन्दा बढी प्रतिलिपि बिक्री भइसकेको छ।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका मन्त्री पुनले गाउँ–गाउँमा ताररहित इन्टरनेट सेवा पुर्याउनेदेखि नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिएका छन्। सन् २००७ मा उहाँले एसियाली नोबल मानिने म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.