लहान ।सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १० जिरोमाइलमा यात्रुबाहेक बसबाट लडेर सहचालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा लहान नगरपालिका वडा नं. १ बस्ने ऋषिदेव यादवका २१ वर्षीय छोरा पवन यादव रहेका छन्।
विराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको बसबाट लडेपछि उनलाई गम्भीर चोट लागेपछि प्रादेशिक अस्पताल सिराहामा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रमेश पालले जानकारी दिएका छन्।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।