Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस सांसदले थाले हस्ताक्षर अभियान

एमाले पछि कांग्रेसका सांसदहरू तात्न थाले

प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस सांसदले थाले हस्ताक्षर अभियान

काठमाडौँ।सबैभन्दा ठूलो र पुरानो लोकतन्त्रवादी दल नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेका छन् । जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा असंवैधानिक किसिमले विघटन गरेको निष्कर्ष निकालेको कांग्रेसका सांसदहरूले अब प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै औपचारिक रूपमा नै हस्ताक्षर अभियान थालेका हुन् ।

यसअघि अर्को पुरानो र ठूलो लोकतान्त्रिक दल एमालेका सांसदहरूले पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेको थियो । एमालेले त वर्तमान सरकार नै असंवैधानिक किसिमले गठन भएको र प्रतिनिधिसभा विघटन पनि असंवैधानिक भएको ठहर गर्दै त्यसविरुद्ध देशभर जागरण अभियान थाल्दै आइरहेको छ ।

ADVERTISEMENT

अब कांग्रेसका सांसदहरू पनि एमालेजस्तै प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीले औपचारिक निर्णय गरोस् भन्ने दबाब सिर्जना गर्नका लागि हस्ताक्षर संकलन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो अभियानमा पार्टीका अधिकांश सांसदहरू जोडिनुहुनेछ, प्रतिनिधिसभा पुनःस्थापनाका लागि शनिवारदेखि नै कांग्रेसमा सांसदहरूको हस्ताक्षर जुटाउन थालिएको छ ।’

ADVERTISEMENT
ADVERTISEMENT

पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेकाले पुनःस्थापनाका लागि आधिकारिक निर्णय गर्न दबाब पुगोस् भनेर हस्ताक्षर गरेको घिमिरेले बताउनुभयो । घिमिरेले सोमबारसम्म धेरैभन्दा धेरै सांसदको हस्ताक्षर जुटाएर बैठक बस्ने दिन पार्टीलाई बुझाउने बताउनुभयो । विघटित प्रतिनिधिसभामा कांग्रेसका सबैभन्दा धेरै ८८ सांसद थिए । यसअघि नेकपा एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरेको थियो ।

एमालेले संस्थागत रूपमै प्रतिनिधिसभा पुनःस्थापनाका लागि संघर्ष गर्ने निर्णय गरिसकेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा स्वयं सांसदहरू पुनःस्थापनाको माग लिएर नआएको प्रश्न इजलासबाट उठेको थियो ।

कांग्रेस–एमालेसहितका ८ दलका प्रमुख सचेतकले विघटनलगत्तै विज्ञप्ति निकाले पनि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाका लागि औपचारिक निर्णय गरिसकेको छैन । भदौ २३–२४ मा भएको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीले भदौ २७ गते प्रधानमन्त्री भएकै दिन प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.