Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

संस्कृति जगेर्नामा अग्रसर विद्यालय : हिमालय विद्या निकेतनको चतुर्थ फुड एन्ड कल्चरल शो

संस्कृति जगेर्नामा अग्रसर विद्यालय : हिमालय विद्या निकेतनको चतुर्थ फुड एन्ड कल्चरल शो

महेश सिंह लहान-सिरहाको लहानस्थित हिमालय विद्या निकेतनले चार वर्षदेखि निरन्तर गर्दै आएको ‘वार्षिक फुड एन्ड कल्चरल कार्यक्रम’ यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले सञ्चालन गर्ने कार्यक्रम शैक्षिक गतिविधिभन्दा बाहिर गएर विद्यार्थीमार्फत मौलिक संस्कृति जोगाउने अभियान का रूपमा पहिचान बन्न थालेको छ।

स्थानीय परिधि, पहिरन र परिकारलाई केन्द्रमा राखेर तयार पारिएको कार्यक्रममा विद्यार्थीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्किने प्रस्तुति दिए। उनीहरुले बनाएका परम्परागत परिकार अभिभावक तथा शिक्षकलाई प्रसादस्वरूप अर्पण गरिएको थियो। विद्यालयका प्रिन्सिपल अमृतलाल चौधरीका अनुसार यसले बालबालिकामा आत्मविश्वास, सांस्कृतिक बोध र गौरव अभिवृद्धि गर्दै आएको छ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि लहानका पूर्व नगर प्रमुख प्रकाश केसीले विद्यालयले संस्कृति संरक्षणलाई शिक्षासँग जोडेर उदाहरण प्रस्तुत गरेको बताए।
“हिमालय विद्या निकेतनले गरेको प्रयास अनुकरणीय छ। लहानका अन्य विद्यालयहरूले पनि संस्कार र शिक्षा सँगै लैजाने अभ्यास सुरू गर्नु आवश्यक छ,” केसीले प्रतिक्रिया दिए।
विद्यालयका शेयरधनी पशुपति भट्टराईले बालबालिकालाई ‘संस्कारसहितको शिक्षा’ दिने उद्देश्यले कार्यक्रमको परिकल्पना गरिएको बताए।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रम पानसमा मैनबत्ती बालेर र गमलामा पानी हालेर उद्घाटन गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रेस मञ्च नेपाल सिरहाका अध्यक्ष महेश सिंहसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रह्यो। उनीहरूले विद्यालयले शैक्षिक उपलब्धिसँगै सामाजिक एकता, सांस्कृतिक संरक्षण र व्यक्तित्व विकासमा समेत सक्रिय भूमिका खेलिरहेको उल्लेख गरे।

वि.सं. २०७२ मा स्थापना भएको विद्यालयमा हाल ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालय अध्यक्ष निरजकुमार चौधरी र प्रिन्सिपल अमृतलाल चौधरीको संयोजनमा सञ्चालन हुँदै आएको कार्यक्रमले विद्यार्थीको सर्वांगीण विकासमा प्रत्यक्ष योगदान पुर्‍याइरहेको विद्यालय प्रशासनले बताएको छ।

कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले विद्यालयले आगामी दिनमा पनि यसैगरी सिर्जनात्मक र सांस्कृतिक दृष्टिले समृद्ध कार्यक्रम निरन्तरता दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.