Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा एकीकृत पोषण बगैँचा प्रवर्द्धनका लागि ४ दिने किसान तालिम

लहानमा एकीकृत पोषण बगैँचा प्रवर्द्धनका लागि ४ दिने किसान तालिम

महेश सिंह लहान,सिरहा –लक्ष्मीपुर पतारी गाउँपालिकाको समन्वयमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केयर नेपालको साझेदारीमा सञ्चालित पोषण कार्यक्रम अन्तर्गत कृषिमा आधारित एकीकृत पोषण बगैँचा सम्बन्धी स्थानीय तहस्तरीय ४ दिने तालिम लहानमा सम्पन्न भएको छ।

“सशक्त, समृद्ध, सम्मानित किसान : सबल महाअभियान” नारासहित मंसिर २३ देखि २६ गतेसम्म लहानस्थित होटल सम्राटमा आयोजना गरिएको तालिममा लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गतका ३१ वटा कृषक समूहका प्रत्येक समूहबाट छनोट गरिएका अगुवा किसानहरूको सहभागिता रहेको थियो।

तालिमको उद्देश्य एकीकृत पोषण बगैँचा स्थापना गरी स्थानीय स्तरमै उत्पादन बढाउँदै समुदायको पोषण अवस्थामा सुधार ल्याउनु रहेको आयोजकले जनाएको छ। तालिममा पोषण संवेदनशील कृषि अभ्यास, घरायसी तथा सामुदायिक स्तरमा पोषण बगैँचा विकास, विविध तरकारी तथा फलफूल उत्पादन, सन्तुलित आहार तथा दिगो कृषिबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेस प्रदेश सचिव जामुन प्रसाद यादवले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्न सहभागी किसानहरूलाई आग्रह गरे। उनले सिकाइ व्यवहारमा उतारिए मात्र किसानको जीवनस्तर र उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन सम्भव हुने बताए।

ADVERTISEMENT

त्यसैगरी पोषण अधिकृत डिनिता साहले दैनिक जीवनमा आहार र कृषिप्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै पोषणमैत्री कृषि अभ्यासले परिवार तथा समुदायको स्वास्थ्यमा दीर्घकालीन लाभ पुग्ने जानकारी गराइन्।

विशेषगरी तालिम महिला किसानहरूको क्षमता अभिवृद्धि, आयआर्जनका स्रोतमा पहुँच विस्तार तथा आत्मनिर्भरता सुदृढ गर्ने लक्ष्यसहित सञ्चालन गरिएको आयोजकले जनाएको छ। सहभागीहरूलाई सप्तरीको मौहलीस्थित अर्गानिक खेती अभ्यासबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रम Nurture Every Future: Poshan Nepal परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। आयोजकका अनुसार यस्ता तालिमले किसानहरूमा पोषणमैत्री कृषि प्रणालीप्रति चेतना बढाउनुका साथै स्थानीय तहमा दिगो कृषि र पोषण सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ। तालिममा सहभागी किसानहरूले सिकाइ व्यवहारमा उतार्दै आफ्ना गाउँ–टोलमा एकीकृत पोषण बगैँचा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.