Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

२४ सै घण्टा रक्तसञ्चार सेवा सञ्चालन गर्दै लहान रेडक्रसको २२औं साधारणसभा सम्पन्न

२४ सै घण्टा रक्तसञ्चार सेवा सञ्चालन गर्दै लहान रेडक्रसको २२औं साधारणसभा सम्पन्न

महेश सिंह लहान- नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको २२औं वार्षिक साधारणसभा शनिबार लहानमा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपशाखाले जिल्लामा निरन्तर २४सै घण्टा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ।
उपशाखाका सचिव महेश कुमार महतोले प्रस्तुत गरेको प्रतिवेदनअनुसार वर्षभरि जिल्लाका विभिन्न ४८ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। मोबाइल टोली तथा स्वयंसेवी रक्तदाताबाट संकलित हजारौं युनिट रगत लहानसहित सिरहा, कर्जन्हा, मिर्चैया, गोलबजारलगायतका अस्पतालमा वितरण गरिएको रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज प्रदीप कुमार यादव ‘मनिष’ले बताए।

रेडक्रसले अतिविपन्न परिवारलाई कम्बल वितरण गर्नुका साथै नवराजपुर गाउँपालिकाका ६० जना बिरामी र थ्यालेसेमिया पीडित १५४ बालबालिकालाई निःशुल्क रक्त सेवा दिएको जनाएको छ। स्थानीय सरकारको सहयोगमा सेवा केन्द्रको भवन मर्मत, भान्सा तथा शौचालय निर्माणसमेत सम्पन्न भएको छ।
सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रगत व्यवस्थापन सफ्टवेयर सञ्चालन, विपद् व्यवस्थापन कार्यक्रम विस्तार, अत्याधुनिक ल्याब स्थापना र रक्त संकलनका लागि भ्यान खरिदलगायतका योजना अघि सारिएका छन्।
सभालाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले ‘रक्तदानभन्दा ठूलो दान केही हुँदैन’ भन्दै रक्त संकलनका लागि आवश्यक चार चक्का गाडी खरिदमा नगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उपशाखाका सभापति फुलेश्वर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री राजलाल यादव, नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका उपाध्यक्ष बेच्न प्रसाद यादव, प्रादेशिक अस्पताल लहानका अध्यक्ष राम नारायण मेहता, नेत्र ज्योति संघका चन्देश्वर महतो, समाजसेवी जयकृष्ण यादव तथा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवलगायत सहभागी थिए।

ADVERTISEMENT

कार्यक्रमको अन्त्यमा रेडक्रसको मानवीय सेवालाई अझ प्रभावकारी बनाउन स्थानीय तह, संघसंस्था र स्वयंसेवकबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.