Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

थारु भाषा, पहिरन र पहिचान संरक्षणका लागि माघी महोत्सवको आयोजना

थारु भाषा, पहिरन र पहिचान संरक्षणका लागि माघी महोत्सवको आयोजना

महेश सिंह लहान – सप्तरीको सम्भुनाथ नगरपालिका वडा नम्बर ९ बसवलपुरमा १४ औँ माघी महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष निरन्तर रूपमा आयोजना हुँदै आएको माघी महोत्सव यस वर्ष माघ १ र २ गते दुई दिनसम्म थारु संस्कृति, भाषा, पहिरन तथा परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
थारु कल्याणकारी सभाको नगर सभापति मनोज चौधरीको अध्यक्षतामा सुरु भएको महोत्सवको प्रमुख अतिथि मधेस प्रदेश सरकारका अर्थ मन्त्री महेश यादव रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थारु कल्याणकारी सभाका नगर सदस्य श्रवणकुमार चौधरीले जानकारी दिनु भयो।
महोत्सवमा स्थानीय कलाकार सबनम चौधरी र सुरज चौधरीको सांस्कृतिक टोलीसहित मोरङ जिल्लाकी सुजिता माझीको सांस्कृतिक टोलीले थारु लोकनृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा वडा नम्बर ९ का प्रभु मलाह तथा थारु कल्याणकारी सभाका क्षेत्रीय अध्यक्ष सिमृतलाल चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो। महोत्सवका अध्यक्ष मनोज चौधरीले आधुनिकताको नाममा लोपोन्मुख बन्दै गएको थारु भाषा, पहिरन, संस्कृति र जातीय पहिचानको संरक्षण, समावेशी समानुपातिक सहभागिता तथा धर्म–संस्कृतिको संरक्षण र संवर्द्धनका लागि माघी महोत्सव आयोजना गरिएको स्पष्ट पार्नु भयो।
प्रमुख अतिथि मन्त्री महेश यादवले थारु भाषालाई औपचारिक भाषाको मान्यता दिनुपर्नेमा जोड दिँदै महोत्सवजस्ता कार्यक्रमले मौलिक संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो। साथै, उहाँले हुलाकी सडक र राजमार्गसँग जोडिएका पछाडि परेका सडकहरूको निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रममा वक्ताहरूले विकासका दृष्टिले पछाडि परेको सम्भुनाथ नगरपालिका अन्तर्गत बसवलपुर क्षेत्रको समग्र विकासका लागि राज्यले आफ्नो दायित्व बुझ्न आवश्यक रहेकोमा जोड दिएका थिए। स्थानीयस्तरबाट आयोजना गरिएको यो माघी महोत्सवलाई सहभागीहरूले संस्कृति संरक्षणको दृष्टिले सराहनीय पहलका रूपमा मूल्यांकन गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.