Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

महोत्तरी । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिएको महोत्तरी जिल्लाको पोखरभिण्डा बीओपीमाथि स्थानीयले गम्भीर आरोप लगाएका छन्। स्थानीयका अनुसार, दिनको समयमा सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्ने सुरक्षा संयन्त्रले रातको समयमा भने तस्करी नियन्त्रण गर्नुको सट्टा तस्करहरूसँग मिलेमतो गरी अवैध रूपमा सामान ओसारपसार गर्न सहज वातावरण बनाउने गरेको आरोप छ।
स्थानीयवासीको दाबीअनुसार,पोखरभिण्डा बीओपीका इन्चार्ज रविन्द्र पाल्पा खड्काको निर्देशनमा दिनभरि सीमा क्षेत्रमा निगरानी र चेकजाँच कडा देखाइने गरे पनि रात परेपछि तस्करीका लागि बाटो खुला गरिने गरेको छ। रातिको समयमा तस्करीका सामान सीमापार गराउन सुरक्षा निकायकै केही व्यक्तिको संलग्नता र संरक्षण रहने गरेको स्थानीयको आरोप छ।
स्थानीयका अनुसार, ड्युटीमा खटिएका केही सुरक्षाकर्मीले रकम लिएर तस्करीका सामान ओसारपसार गर्न सहयोग गर्ने गरेको आरोपसमेत छ। अझ गम्भीर कुरा त के छ भने, सीमाबाट ओसारपसार हुने सामानको प्रभावकारी चेकजाँचसमेत नगरी आवतजावत गर्न दिने गरिएको स्थानीयको दाबी छ।
यस प्रकरणमा रघुनाथपुर क्षेत्रका डिएसपीको भूमिकामाथि समेत स्थानीयले प्रश्न उठाएका छन्। स्थानीयले तस्करी नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका सुरक्षा अधिकारीहरूकै संरक्षण वा मिलेमतोमा यस्तो गतिविधि भइरहेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
यदि स्थानीयले लगाएको आरोप सत्य हो भने, यो केवल सामान्य तस्करीको विषय नभई सीमा सुरक्षामा खटिएका सुरक्षा निकायको जिम्मेवारी र कार्यसम्पादनमाथि नै गम्भीर प्रश्न खडा हुने विषय हो। राज्यले सीमा सुरक्षाका लागि खटाएका सुरक्षाकर्मी नै तस्करी नियन्त्रणको सट्टा तस्करीलाई संरक्षण गर्न संलग्न भएको पुष्टि भएमा त्यस्तो गतिविधिमाथि तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही आवश्यक देखिन्छ।
स्थानीयले सम्बन्धित उच्च सुरक्षा निकाय र प्रशासनसमक्ष रातिको समयमा हुने सीमा गतिविधिको विशेष निगरानी गर्न, बीओपीको कार्यसम्पादनमाथि छानबिन गर्न तथा तस्करीसँग जोडिएका आरोपको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.