Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

महेश सिंह लहान – कर परीक्षणको प्रक्रियालाई प्रभावमा पारेर आर्थिक लेनदेन गर्न खोजिएको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) का क्रममा कर अधिकृत पालले अडिट प्रक्रिया सहज बनाउन रकम मागेका थिए। उनले आफू एक्लैले नभई माथिल्लो तहका कर्मचारीलाई समेत मिलाउनुपर्ने भन्दै सुरुदेखि नै आर्थिक सौदाबाजी गरेको आरोप लागेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

प्रारम्भिक परीक्षणपछि कम्पनीलाई कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँसम्म दायित्व पर्ने जानकारी दिइएको थियो। थप कागजात पेस भएपछि दायित्व अझै बढ्न सक्ने बताइएपछि त्यसलाई ‘व्यवस्थापन’ गरिदिने भन्दै १२ लाख रुपैयाँ मागिएको र अन्ततः ५ लाख रुपैयाँमा सहमति जुटाउने प्रयास भएको स्रोतको दाबी छ।

ADVERTISEMENT

घुस लेनदेनको योजनाबारे जानकारी पाएपछि अख्तियारले निगरानी बढाएको थियो। पटक–पटक भेटघाटको समय र स्थान परिवर्तन गरिए पनि अन्ततः रकम कार्यालयमै ल्याउन भनिएपछि अख्तियारको टोली सक्रिय बनेको थियो। सोही क्रममा ५ लाख रुपैयाँ बुझ्ने क्रममा कर अधिकृत पाललाई रंगेहात नियन्त्रणमा लिइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पाललाई घुससहित पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यस घटनाले कर प्रशासनमा पारदर्शिता, जवाफदेहिता र सुशासनमाथि पुनः गम्भीर प्रश्न उठाएको छ। अख्तियारले घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.