सुनसरी ९ असोज ।कोशी ब्यारेजमा पानीको बहाव बढेसँगै ३७ वटा ढोका खोलिएको छ । अहिले ब्यारेज ‘खतरा’ को अवस्थामा रहेको हो ।
प्रहरीका अनुसार, साँझ ७ः१५ बजे कोशी ब्यारेजमा २ लाख ७८ हजार २७५ क्युसेक पानीको बहाव मापन भएको छ ।
पानीको सतह बढ्दो क्रममा रहेको छ । पछिल्लो अवस्थाअनुसार कोशी ब्यारेजका ३७ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT















