प्रदिप सिंह
लहान। सिरहाको लहानमा आगामी पुस २४ देखि माघ ४ गतेसम्म लहान एक्स्पो–२०८३ आयोजना हुने भएको छ। जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा श्री पशुपति आदर्श माध्यमिक विद्यालयको परिसरमा एक्स्पो सञ्चालन हुने भएको हो।
एक्स्पोमा करिब १५० वटा प्रदर्शनी तथा बिक्री स्टल रहनेछन्। आयोजकले करिब डेढ लाख दर्शक भित्र्याउने र २५ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ।
एक्स्पोमा कृषि उत्पादन हस्तकला घरेलु तथा औद्योगिक सामग्री अटोमोबाइल इलेक्ट्रोनिक्स र तयारी पोशाकका स्टलसँगै विभिन्न क्षेत्रका खानाका परिकार उपलब्ध हुनेछन्। त्यस्तै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति सांस्कृतिक कार्यक्रम बाल उद्यान र मनोरञ्जनका कार्यक्रमसमेत रहनेछन्।
एक्स्पोमार्फत स्थानीय उत्पादनको बजारीकरण व्यापार प्रवर्द्धन रोजगारी सिर्जना तथा पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ















