लहान १४ कात्तिक ।सिरहामा जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का ३८ वर्षीय इन्द्रजित ठकुरी रहेका छन्।
ठकुरी १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको लागुऔषध मुद्दामा दोषी ठहर भई सिरहा कारागारमा कैद भुक्तान गरिरहेका थिए। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८३ कात्तिक १४ गते दिउँसो करिब १ बजे आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका ठकुरीलाई पुनः कैद भुक्तानका लागि सिरहा कारागारमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिएका छन्।















