Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भुजहवा प्रहरी चौकीद्धारा तपाईंको हेल्मेट खोई अभियान सुरु

भुजहवा प्रहरी चौकीद्धारा तपाईंको हेल्मेट खोई अभियान सुरु

ज्ञानेश्वर सहानी/ नवलपरासी/२४ असोज।सुरक्षित यात्राका लागि अनिवार्य रुपमा हेल्मेट प्रयोग गरौं भन्ने मुलनाराका साथ प्रहरी चौकी भुजहवा नवलपरासीद्वारा होडिङ बोर्ड तथा स्टिकर टाँस्ने कार्य शुरु भएको छ।

प्रहरी चौकी भुजहवाको आयोजना तथा कुबेर बचत तथा ऋण सहकारी संस्था सरावल ६  भुजहवाको सहकार्य तथा समाजसेवी अरविन्द यादवको सहयोगमा सम्पन्न भएको छ।

प्रहरी चौकी भुजहवाका प्र.ना.नि.महेश कुँवरका अनुसार सरावल गाउँपालिका वार्ड नं ६ र ७ का विभिन्न चोकको ६ ठाउँमा तपाईंको हेल्मेट खोई? होडिङ बोर्ड र सन्देशमुलक स्टिकर मोटरसाइकलहरुमा टाँसिएको बताएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

तराई मधेस भेगमा बढी मात्रमा मोटरसाइकल चलाउँदा हेल्मेटको प्रयोग नगर्नाले दुर्घटना हुने भएको तथा त्यस्ता दुर्घटना न्यूनिकरण गर्न उक्त अभियान सुरु गरिएको बताए ।

कार्यक्रममा वार्ड नं ०६ का वडा अध्यक्ष छोटेलाल गुप्ता , ७ का वडा अध्यक्ष हेयात अलि धुनिया, सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो।

प्रहरी चौकी भुजहवा नवलपरासीले दुईपाङ्ग्रे सवारीसाधनमा अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था लागु गर्ने घोषणा गरि त्यसबारे विभिन्न किसिमका कार्यक्रमहरू चलाएको छ।

सडक दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधन बढी पर्ने र हेल्मेट नलगाउने को कारण पछाडि बस्ने व्यक्तिको ज्यान जाने वा दीर्घकालीन रूपमा असर पुर्‍याउने खालका गम्भीर चोट वा अन्य समस्या उत्पन्न भएका घटनाको सङ्ख्या बढेको प्रहरी अधिकारीहरूको भनाइ छ।

त्यस्ता घटनालाई रोकथाम गर्न सुरक्षात्मक उपायका रूपमा हेल्मेट अनिवार्य लगाउनुपर्ने प्रहरीको तर्क छ।

“गत बर्षको तथ्याङ्क हेर्ने हो भने नवलपरासीमा भएका दुईपाङग्रे सवारी साधन दुर्घटनामा परेर १३ जना चालक र पछाडि बस्ने यात्रुले ज्यान गुमाएका छन्,” जिल्ला प्रहरी कार्यालय नवलपरासीको सूचना अधिकारी रेशम बोहराले लुम्बनी खबरसँग भने। “सर्वसाधारणले के बुझ्न आवश्यक छ भने यो नियम हाम्रा (ट्राफिक प्रहरी) लागि होइन। वहाँहरूको आफ्नै सुरक्षाका लागि नै हो।”

अव्यवस्थित सहरीकरण, साँघुरा सडक र सडक अनुशासनको कमीका कारण नवलपरासीमा सवारीसाधनबाट हुने दुर्घटना बढ्दो क्रममा रहेको अधिकारीहरू बताउँछन्।

ADVERTISEMENT

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा २ मा दुईपाङ्ग्रे सवारीचालक तथा सो सवारीमा बस्ने मानिसले हेल्मेट लगाउनुपर्ने उल्लेख गरिएको छ।

दुईपाङग्रे सवारी साधनमा यात्रुले हेल्मेट लगाउने प्रावधान यसअघि पनि लागु गरिएको थियो।

मोटरसाइकल र स्कुटरमा ‘डबल हेल्मेट’ को प्रावधान नयाँ होइन। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा तत्कालीन स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाको पहलमा यो नियम लागू भएको थियो। सो प्रावधान सशस्त्र माओवावादी द्वन्द्वका बेला सुरक्षा चुनौतीका रूपमा देखा परेपछि खारेज गरिएको थियो।

प्रहरीले ल्याउन लागेको योजनालाई अत्थपुर्ण मान्दै टाउकोको तौल अन्य अङ्गको भन्दा बढी हुने हुँदा सवारीबाट लडेको अवस्थामा टाउको ठोक्किने सम्भावना बढी हुन्छ। तसर्थ टाउकोको सुरक्षा गर्न थप आवश्यक भएकोले अनिवार्य रूपमा हेल्मेट लगाउन जरुरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाल ले बताउनुभएको छ।

ट्राफिक प्रहरी अनुसार विभागले हेलमेटको गुणस्तर मापदण्ड तयार गरिसकेको छ। दुर्घटना हुँदा टाउकोमा चोटको जोखिम कम होस् भनेर हेल्मेटको मापदण्ड तय गरिएको छ।

‘जसरी खाद्यान्न, निर्माण सामग्री लगायतमा मापदण्ड तोक्छौं, त्यस्तै व्यवस्था हेल्मेटमा पनि गरेका छौं,’ उनले भने, ‘बजारमा पाइने सस्ता र कमसल हेल्मेटले यात्रुलाई सुरक्षा दिँदैन, त्यसैले सुरक्षित र गुणस्तरीय हुनु जरूरी छ।’

विभागले तयार गरेका मापदण्डमा हेल्मेटको आकार, बाहिरी र भित्री स्वरूप, लक, भाइजर, बाहिरको आवाज सुन्ने क्षमताजस्ता प्राविधिक पक्ष तोकिएका छन्।

बाहिरी भाग नकोतरिने, बलियो र घामपानीले नबिग्रिने हुनुपर्छ। चिल्लो र गोलाकार हुनु जरूरी छ। त्यस्तै, भित्री भाग ‘पोलिस्ट्रिन’ नामको प्लास्टिकजन्य पदार्थ वा त्यस्तै गुण भएका अरू पदार्थबाट बनेको हुनुपर्छ।

हेल्मेट आरामदायी बनाउन भित्री भागमा फोम ‘पोलियुरेथन’ वा त्यस्तै गुण हुनुपर्ने व्यवस्था गरिएको छ। लगाउँदा पसिना आउने, चिलाउने वा त्यसमा भएका पदार्थले कुनै किसिमका छालाजन्य रोग निम्त्याउन नहुने पनि मापदण्डले भनेको छ।

हेल्मेटमा कान र पछाडि गर्धनको माथिल्लो भाग छोप्ने कपडा हुनुपर्छ। मापदण्डसँग फरक पर्ने गरी कुनै किसिमका बाहिरी सामान जोड्न पाइँदैन।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.