सप्तरी – बडादसैँको अवसरमा छिन्नमस्ता भगवती र कङ्कालिनी मन्दिरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ। छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता मन्दिरमा पहिलो पटक पुष्पवृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए। धार्मिक आस्था र श्रद्धाका रूपमा यो कार्य गरिएको हो।
यस्तै, हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरमा पनि पुष्पवृष्टि भएको छ। यहाँ दुई वर्षदेखि दसैँको नवमीमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिंदै आएको छ।















