काठमाडौँ – श्रीलङ्काको कोलम्बोमा जारी काभा यू-२० पुरुष भलिबल प्रतियोगितामा नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
नेपालले तुर्कमेनिस्तानलाई २५–१४, २५–२१, २५–२० को अन्तरले हराउँदै उत्कृष्ट प्रदर्शन गर्यो। पाँच खेलमध्ये तीन जित्दै, १० अंक जोडेर नेपाल शीर्ष दुईमा रहेर फाइनलमा पुगेको हो।
अब नेपालले फाइनलमा शनिवार उज्वेकिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।















