रुकुम।रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित मठ र सल्ले जोड्ने झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ। घटना दसैंको दिन अपराह्न ४ बजेतिर भएको हो।
मृतक ३७ वर्षीय बुदिराम बोहरा भएको प्रहरीले पुष्टि गरेको छ। मुसिकोट-१ सल्ले निवासी बोहराले हातमा “कोमल” नामको ट्याटु बनाएको समेत भेटिएको छ। घटनास्थलमा उनको रातो ज्याकेटसहित नागरिकता पनि फेला परेको प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।
युवकको घटनास्थलमै मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















