ओखलढुंगा।ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस र रामेछापतर्फ आउँदै गरेको अरनिको यातायातको बसको दोलखामा ठक्कर भएपछि ४ जना घाइते भएका छन्। आइतबार दिउँसो १:३० बजे दुर्घटना भएको यो घटनामा बा ५ ख ५६३१ र प्रदेश ३.०१०५ ख ३९५६ नम्बरका बसहरू एक आपसमा ठोक्किएका थिए।
दुर्घटना दोलखा जिल्लाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा भएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। घाइते व्यक्तिहरूलाई तत्काल चरिकोटमा उपचारका लागि पठाइएको छ।
घाइतेहरूको अवस्था हाल सामान्य रहेको र थप उपचारका लागि चरिकोटको अस्पतालमा राखिएको छ। घाइतेहरूको नाम र विस्तृत जानकारी भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।















