काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएपमा दिनहुँ नि:शुल्क सन्देश आदानप्रदान गर्ने हामीमध्ये धेरैलाई यो प्रश्न उठ्न सक्छ – ह्वाट्सएपले पैसा कसरी कमाउँछ?
ह्वाट्सएपको सञ्चालन खर्च उच्च भए पनि यसले प्रयोगकर्ताबाट शुल्क लिँदैन। यसको आम्दानीको स्रोत मेटा कम्पनीद्वारा सञ्चालन गरिएको व्यापारिक मोडेलमा निहित छ, जसमा व्यवसायिक ग्राहकहरूको लागि ह्वाट्सएप बिजनेस एपीआई र च्यानल सेवाहरू प्रस्ताव गरिन्छ।
यसका माध्यमबाट कम्पनीहरूले व्यक्तिगत प्रयोगकर्ताहरूसँग सोझै संवाद गर्न सक्छन्, जसको लागि ह्वाट्सएपले शुल्क लिन्छ। फेसबुक र इन्स्टाग्राम विज्ञापनबाट पनि ह्वाट्सएपमा च्यानल तान्ने नयाँ योजना मेटाले प्रस्तुत गरेको छ, जसले ह्वाट्सएपको राजस्वमा ठूलो योगदान गरेको छ।
बजारमा रहेका अन्य मेसेजिङ एपले आ–आफ्नै ढाँचाबाट पैसा कमाउने गरेका छन्।















