काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयन प्रक्रिया अघि बढ्दा पाँच जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको छ।
सिफारिस समितिले प्राधिकरणकै कार्यकारी निर्देशक कमल प्रसाद रेग्मी, पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक दामोदर बसौला, पूर्वराजस्व सचिव एवं हाल कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी, र पत्रकार शरद ओझाको नाम सिफारिस गरेको हो।
तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि रिक्त पद पूर्तिका लागि २६ पुसमा आवेदन माग गरिएको थियो।















