झापा । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) धनराज खतिवडा ब्यारेकभित्र मृत अवस्थामा फेला परेका छन् । उनी झुण्डिएको अवस्थामा भेटिएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
प्रहरीका अनुसार खतिवडाले डोरीको पासो लगाएको अवस्थामा भेटिएका हुन् । उनी भोजपुरका स्थायी बासिन्दा थिए । हाल घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।















