काठमाडौँ ।सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञका लागि दलित परिवारको घर भत्काइएको घटनामा जिल्ला प्रशासन कार्यालयको भूमिकामाथि प्रश्न उठेपछि उनलाई फिर्ता बोलाइएको हो।
उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको छ। गृहमन्त्री रमेश लेखकले घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।















