काठमाडौं- राप्रपा (राजपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा शुक्रबार राति काठमाडौं प्रहरीले पक्राउ गरेका छन्। उनीहरूलाई राजावादी आन्दोलनका क्रममा अराजकता मच्चाउने, आगजनी र लुटपाटका अभियोगमा पक्राउ गरिएको हो। प्रहरी परिसर काठमाडौंका अनुसार, घटनासँग संलग्न रहेको आरोपमा उनीहरूको पक्राउ गरिएको हो।















