भारतको उत्तर प्रदेश, सन्त कबीरनगरका बबलूले आफ्नी पत्नी राधिकाको बिहे प्रेमी विकाससँग गराइदिएका थिए । तर, चार दिनमै पछुताउँदै उनी विकासको घरमा गएर राधिकालाई फिर्ता ल्याए ।
बबलूकी आमाका अनुसार, उनलाई पहिल्यै यस्तो निर्णय नलिन भनिएको थियो, तर पछि आफूले गल्ती बुझेपछि उनले पत्नीलाई फिर्ता ल्याउन अनुरोध गरे । दुई सन्तानको हेरचाह कठिन भएपछि विकासले पनि राधिकालाई बबलूको जिम्मा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।















