लहान।सिरहाको लहान नगरपालिका वडा नम्बर १२ र २२ मा पर्ने राजा सलेश फूलबारीमा बाबा साहेब अम्बेडकर पार्कको शिलान्यास सम्पन्न भएको छ। जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा पार्कको शिलान्यास गरिएको हो। अतीतको सांस्कृतिक चेतना र वैभव झल्काउने तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले निर्माण हुने यो पार्कले बहिष्करण र सीमान्तीकरणविरुद्धको संघर्षलाई सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।















