सिरहा १६ वैशाख:सिरहाको बरियारपट्टी गाउँपालिका–१, गरगमामा एक १६ वर्षीया दलित किशोरीमाथि घरमै गएर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। आइतबार राति भएको घटनामा संलग्न भनिएका स्थानीय युवक बिवेक साह र सुरज साह हालसम्म फरार छन्।
पीडित परिवारले तत्काल प्रहरीलाई खबर गरे पनि तीन दिनसम्म दोषी पक्राउ नपरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले जाहेरी दर्ता गरी अनुसन्धान जारी रहेको जनाएको छ।















