दाङ १७ जेठ । दाङका भक्तबहादुर वि.कले आफ्नी दिवंगत श्रीमतीप्रति प्रेम र श्रद्धाञ्जलिका रूपमा शालिक निर्माण गराएका छन्। आशाकुमारी नेपालीको २०८० साल भदौ १४ गते निधन भएको थियो।
श्रीमतीको सम्झनालाई सजीव राख्न वि.कले ‘आशा’ शीर्षकको पुस्तक पनि प्रकाशित गरेका छन्। उक्त पुस्तकमा उनले श्रीमतीप्रतिको माया, सम्झना र उनका साथ बिताएका पलहरू शब्दमा उतारेका छन्।
शालिक निर्माण र पुस्तक प्रकाशनमार्फत भक्तबहादुर वि.कको समर्पणले समाजमा उदाहरणीय प्रेमको परिचय दिएको छ।















